देश/प्रदेश
एमबीबीएस अध्ययन गर्न विदेशी नागरिकले पाउने छात्रवृति कोटामा भर्ना गरिदिन्छु भन्दै १७ लाख ठगी
०

काठमाडौं, जेठ १२-
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा एमबीबीएस अध्ययन गर्न विदेशी नागरिकले पाउने छात्रवृति कोटामा भर्ना गरिदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अछाम मंगलसेन नगरपालिका–२ बस्ने चक्र बहादुर बिक रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
आफुलाई वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा कार्यरत एमबीबीएसरएमएस कन्सल्टेन्ट न्यूरोसर्जन डा।दिपक बिसी हुँ भनि उनले चिनाउने गरेको प्रहरीले जनाएको छ ।
बिकले छात्रवृतिमा एमबीबीएस अध्ययन गर्न पाउने कोटामा ३० लाख रुपैयाँ लिई भर्ना गरी दिन्छु भनी विश्वासमा पारी पीडितबाट पटक पटक गरी १७ लाख रूपैयाँ ठगी गरेको प्रहरीले बताएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























