देश/प्रदेश
दैलेख बस दुर्घटनामा मृत्यु हुने चारै जनाको सनाखत
०

कर्णाली, जेठ १२-
दैलेखमा बस दुर्घटनामा ज्यान गुमाउने चारैजनाको सनाखत भएको छ । दैलेखको आठबिस नगरपालिका–२ सिस्नेमा बुधबार बस दुर्घटना भएको थियो ।
मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका–९ का प्रेम सुनार र काशीराम पाण्डे, कालिकोटको पलता गाउँपालिका–३ का ज्ञानबहादुर बम र धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक भुवनेश्वर शाहले जानकारी दिनुभयो । बसमा सवार अन्य व्यक्ति घाइते भएका छन् ।
घाइतेको स्थानीय स्वास्थ्यचौकी र कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा उपचार भइरहेको छ । म१ख ६६० नंको बस कालिकोटबाट सुर्खेत हुँदै नेपालगञ्जतर्फ जाँदै गर्दा गए राति दुर्घटना भएको थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























