Breaking News

भरतपुर महानगरमा कुन दलको हैसियत कति ? कसले जिते कति जनप्रतिनिधि ?

Banner

चितवन, जेठ १०-

भरतपुर महानगरपालिकामा ७७ जना जनप्रतिनिधि जितेर नेपाली कांग्रेस पहिलो ठूलो दल बनेको छ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट भरतपुर महानगरपालिकामा कांग्रेस पहिलो र एमाले ५० जनप्रतिनिधिसहित दोस्रो ठूलो दल बनेका हुन् । अन्य दलहरु भने धेरै कमजोर देखिएका छन् ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालय भरतपुरबाट प्राप्त तथ्यांक अनुसार कांग्रेसले भरतपुर महानगरपालिकामा १६ वडा अध्यक्षसहित ७७ जना जनप्रतिनिधि जितेको छ भने ४ वडा वडामा कांग्रेसको प्रतिनिधित्व शून्य रहेको छ । त्यसैगरी ६ जना वडा अध्यक्षसहित नेकपा एमालेले ५० जनप्रतिनिधि भरतपुर महानगरपालिकामा जितेको छ । महानगरको सातवटा वडामा एमालेको कुनै प्रतिनिधित्व हुन सकेको छैन । ठूलो दलको रुपमा कांग्रेसको हैसियत ५२.३८ प्रतिशत र एमालेको हैसियत ३४.०१ प्रतिशत रहेको छ ।

त्यसैगरी भरतपुर महानगरपालिकामा माओवादीले एक मेयरसहित तीन वडा अध्यक्षसहित जम्मा १० जना जनप्रतिनिधि जितेको छ । जुन ६.८ प्रतिशत हुन आउँछ । २३ वटा वडामा माओवादी केन्द्रको शून्य उपस्थिति रहेको छ । त्यसैगरी एमालेबाट टुक्रिएको नेकपा एकीकृत समाजवादीले तीन वडा अध्यक्षसहित ५ जना जनप्रतिनिधि जितेको छ । यसको उपस्थिति २४ वटा वडामा शून्य रहेको छ । एकीकृत समाजवादीको स्थान भरतपुर महानगरमा ३.२ प्रतिशत जनप्रतिनिधि प्राप्त गरी चौथो स्थानमा रहेको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले भरतपुर महानगरपालिकामा २.७ प्रतिशत जनप्रतिनिधि विजयी गराएको छ । यसको २५ वटा वडामा उपस्थिति शून्य रहेको छ भने चार जना जनप्रतिनिधि विजय गराएको छ । राप्रपाले कुनै पनि वडा अध्यक्ष विजयी गराउन सकेन । स्वतन्त्ररुपमा भने भरतपुर महानगरपालिकामा एउटा वडा अध्यक्षले मात्र विजय हासिल गरेका छन् । जुन ०.६८ प्रतिशत हुन आउँछ । महानगरका २९ वटा वडामा ज्म्मा १४७ जनप्रतिनिधि ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>