Breaking News
इन्धनको मूल्य वृद्धिविरुद्ध संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
०

काठमाडौं, जेठ १०-
इन्धनको मूल्य बृद्धिबारे छलफल गर्न संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।
एमाले, राप्रपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुले प्रस्ताव दर्ता गराएका हुन् ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रस्तावक रहेको उक्त प्रस्तावलाई एमालेका यज्ञराज सुनुवार र गणेशकुमार पहाडी, राप्रपाका राजेन्द्रप्रसाद लिङदेन र जनमोर्चाकी दुर्गा पौडेलले समर्थन जनाएका छन् । इन्धनको मूल्य बृद्धिबारे छलफल गर्न आवश्यक ६ तर्क प्रस्तावमा उल्लेख गरिएको छ । इन्धनमा भारी मूल्यबृद्धि गरिएपछि चर्को आलोचना भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























