अर्थ
मुल्यवृद्धिको विरोधमा मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन
०

विराटनगर, १० जेठ-
इन्धनको मुल्यवृद्धिको विरोधमा प्रदेश- १ को मुख्यमन्त्री कार्यालय अगाडि उपभोक्ताले खाली सिलिन्डर राखेर प्रदर्शन गरेका छन् ।
खाना पकाउने ग्यासमा सिलिन्डर २ सय रुपैयाँ, पेट्रोलिय पदार्थमा प्रतिलिटर १० रुपैयाँ वृद्धि भएको थियो । मुल्य वृद्धिको विरोधमा मंगलबार विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
मनलाग्दी भएको मुल्य वृद्धिले सर्वसाधारणलाई सास्ती भएपछि प्रदर्शनमा उत्रिएको उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए । संघीय सरकारले मुल्य वृद्धि गर्दा प्रदेश सरकार चुप लागेर बसेको भन्दै खाली सिलिण्डर राखेर प्रदर्शन गर्नु परेको उनले बताए ।
प्रदर्शनका क्रममा स्थानीयले मुल्यवृद्धि तत्काल फिर्ता गर्न पनि माग गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























