देश/प्रदेश

सशस्त्रका नायव महानिरीक्षक सिपी गौतमलाई एआईजीमा बढुवा गर्न सिफारिस

Banner

काठमाडौं, जेठ १०-

सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक चन्द्र प्रकाश गौतमलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।

जेठ ९ मा बसेको बढुवा समितिले उनलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको बढुवा समितिको सचिवालयले जनाएको छ । वैशाख १९ पछि सशस्त्रमा दुईवटा एआईजीको पद खाली थियो ।

तर, वैशाख २१ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितीले डीआईजी नारायणदत्त पौडेललाई मात्र एआईजीमा बढुवा गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको थियो । पौडेललाई मन्त्रिपरिषद्ले जेठ ६ मा एआईजीमा एकल बढुवा गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>