देश/प्रदेश
सिद्धार्थ राजमार्गमा सुख्खा पहिरोः बुटवल पाल्पा सडक अवरुद्ध
०

बुटवल, जेठ ९-
सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल सडकखण्डमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । आज दिउँसो तिनाउ गाउँपालिका –५ कालीमाटीमा ढुंगा र बाँसको झाडीसहित सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
अहिले पाल्पादेखि वुटवलतर्फ जाने तथा बुटवलदेखि पाल्पातर्फ आउने सवारीसाधन सडकमै रोकिएका छन् । सडक डिभिजन कार्यालयको दुईवटा जेसीबी परिचालन गरे पनि सडक एकतर्फी खुलाउन पनि कम्तिमा दुईघण्टा लाग्नेप्रहरी चौकी प्रभासका प्रमुख भरत थापाले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























