चितवन विशेष

अबदेखि भरतपुर अस्पतालमा बिहान ७ बजेबाट ओपिडी टिकट खुल्ला

Banner

चितवन,जेठ ८-

भरतपुर अस्पतालले हप्तामा पाँच दिन बिहान ७ बजेबाट नै ओपिडी टिकट खुल्ला गरेको छ । अस्पतालले सातामा दुई दिन विदा हुँदा बिरामीको चाप बढेकोले बिहान ७ बजेबाट नै पहिलो पटक टिकट खुल्ला गरेको हो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार यस अघि बिहान ८ बजेबाट ओपिडि टिकट खुल्ला गरिंदै आएकोमा एक घण्टा अघिदेखि नै टिकट खुल्ला गरिएको हो । उहाँका अनुसार बिहान ८ः३० बजेबाट जिओपिडी (जनरल ओपिडी)सेवा शुरु हुनेछ भने विशेषज्ञ क्लिनिक ९ः३० बजेबाट शुरु हुने छ ।

यसअघि मध्याह्न १२ बजेसम्म ओपिडी टिकट खुल्ने हुने गरेकोमा आधा घण्टा थप गरी अब टिकट काउन्टर १२ः ३० बजेसम्म खुल्ने छ । सोमबारदेखि शुक्रबारसम्म बिदाको दिन बाहेक यो नियम लागू हुने पौडेलले जानकारी दिनुभयो ।

अस्पतालले आइतवार सार्वजनिक विदाको दिन पनि निजी अस्पतालको तुलनामा कम शुल्कमा बिहान ९ः३० देखि दिउँसो १ बजेसम्म बिरामीलाई ओपिडीमा परीक्षण गर्ने व्यवस्था मिलाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>