Breaking News

भरतपुर महानगरमा १० मेयरका उम्मेदवारको शून्य मत, उम्मेदवारले आफैलाई मत दिएनन्

Banner

चितवन, जेठ ८-

भरतपुर महागनरमा मुख्य दुई मेयरका उम्मेदवार रेनु दाहाल र विजय सुवेदीले भारी मत ल्याइरहँदा कतिपय उम्मेदवारहरुले भने शून्य मत पाएका छन् ।

विभिन्न दल र स्वतन्त्रको नाममा मेयर तथा उपमेयरमा उम्मेदवारी दिएका व्यक्तिले आफूले आफैँलाई पनि मत नदिँदा यस्तो अवस्था आएको हो ।

भरतपुरमा २७ मध्ये १० मेयरका उमेदवारका प्रत्यासीहरूले अहिलेसम्म परिणाम शून्य रहेको छ । राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेसनल अर्गनाइजेसन र जनमत पार्टीका क्रमशः ज्ञान बहादुर गुरुङ, टेकबहादुर पुनमगर र सञ्जय कुमार ठाकुरले शून्य मत पाएका छन् ।

अन्य स्वतन्त्र उमेदवारहरू हरिशचन्द्र घिमिरे, रमेश भण्डारी, रामकृष्ण ओझा, हरिशरण श्रेष्ठ, मोहित पाण्डे, कुलराज कँडेल र मिलन अधिकारीले अहिलेसम्म शून्य नतिजा ल्याएका छन् । यस्तै, भरतपुरमा उपमेयरमा १० जनाको उमेदवारी परेकोमा तीन जनाले शून्य मत ल्याएका छन् । यसैगरी, राष्ट्रिय जनमुक्ति पार्टीका मीना मगर, नेपाल कम्प्युनिस्ट पार्टी माओवादी समाजवादीका कौशिला खत्री र चन्द्रबहादुर तामाङले शून्य मत पाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>