चितवन विशेष

भरतपुरको वीरेन्द्र क्याम्पसका अग्रज प्राध्यापक थापाको ह्दयघातबाट निधन

Banner

चितवन, जेठ ८-

भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसका अंग्रेजी विभागका कोअर्डिनेटर धर्मबहादुर थापाको निधन भएको छ ।

काठमाडौँ जानको लागि घरबाट भरतपुरको बाइपास सडकतिर जाँदै गर्दा अचानक उनलाई ह्दयघात भएपछि निधन भएको हो ।

रत्ननगरको पिठुवा घर भएका ६० वर्षीय थापा वीरेन्द्र बहुमुखी क्याम्पसमा अंग्रेजी विभागका कोअर्डिनेटर हुन् । वीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दायाराम पौडेलले भरतपुरको हुलाक चोक अगाडि असजिलो अनुभव गरी बाइकबाट झरेका उहाँलाई भरतपुर अस्पताल लाँदै गर्दा बाटोमा नै निधन भएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ उहाँ बुटवलबाट सरुवा भएर आएको १० वर्ष जति भएको थियो । असल, मृदुभाषी र विषय विज्ञ प्राध्यापक हामीले गुमाऔं ।’ स्वर्गीय थापाको श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् ।

वीरेन्द्र क्याम्पसको पूर्वविद्यार्थीसम्म रहेका थापाले चितवनको कम्युनिस्ट आन्दोलन र सामाजिक परिवर्तनमा पनि महत्वपूर्ण भूमिका खेलेको भरतपुर प्रज्ञा प्रतिष्ठानका उपकुलपति कवि ईन्द्र रेग्मीले स्मरण गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>