Breaking News

भरतपुर महानगरमा रेनुको आठ हजार बढी मतको अग्रता, अझै बढ्नेमा माओवादी ढुक्क

Banner

चितवन, जेठ ८-

भरतपुर महानगरपालिका गठबन्धन तर्फबाट माओवादी केन्द्रकी मेयरको उम्मेदवार रेनु दाहालले आठ हजार बढी मतले अग्रता लिएकी छन् ।

आज दिउँसोसम्म भएको ९४ हजार २३२ गणनामा दाहालले एमालेका उम्मेदवार विजय सुवेदी भन्दा आठ हजार ५९ मतले अग्रता लिएकी हुन् । सुवेदीले २८, ९६८ मत ल्याएका छन् भने स्वतन्त्र मेयरका उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार २३३ मत ल्याएका छन् । अहिले भरतपुर महानगरपालिका वडा नम्बर २१ को मतगणना भइरहेको छ । वडा नम्बर २१ को प्रारम्भिक मतगणनामा कांग्रेसका उम्मेदवार अगाडि छन् ।

चितवनका माओवादी नेताहरु रेनु दाहालले गरेको विकासलाई मत पराएर जनताले भोट दिएको भन्दै उनको अग्रता अझै बढ्दै जाने दाबी गरेका छन् । अहिले पश्चिम चितवनका विभिन्न वडाहरुको गणना भइरहेकोले यस क्षेत्रमा सुवेदीलाई भन्दा रेनुलाई धेरै मत आउने माओवादी चितवनको विश्वास छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>