Breaking News

भरतपुरमा शिखर इन्सुरेन्सको बोर्ड झिक्ने क्रममा विद्युत सट भई जलेर एकको मृत्यु, एक घाइते

Banner

चितवन, जेठ ८-

भरतपुर महानगरपालिका वडा नम्बर १० बालमन्दिर रोडमा भएको आगलागीमा एक जनाको मृत्यु भएको छ । शिखर इन्सुरेन्स कम्पनीको कार्यालयमा विद्युत् शर्ट भएर आगलागी हुँदा कम्पनीमा कार्यरत कर्मचारी सकुन्तला पौडेल सुवेदीको मृत्यु भएको हो ।

आज दिउँसो बालमन्दिर रोडको तेश्रो तल्लामा सञ्चालन रहेको शिखर इन्सुरेन्स कम्पनीको शाखा कार्यालयका बाहिर पट्टी झुण्ड्याएर राखिएको फ्लेक्स बोर्ड झिक्ने क्रममा अचानक करेन्ट सट भई आगलागी भएको थियो । भरतपुर– १० कटहर चोक बस्ने वर्ष ३५ की सुवेदीलाई गम्भीर घाइते भई उपचारको लागि भरतपुर अस्पताल लगिँदै गर्दा बाटोमा नै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

घटनामा अर्का घाईते सोही ईन्स्युरेन्समा कार्यरत भरतपुर महानगरपालिका–७ बस्ने वर्ष ३२ को तरुण थापालाई उपचारको लागि नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उक्त आगो भरतपुर महानगरको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय नागरिकहरुको सहयोगमा पूर्णरुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट कम्पनीका केही फाइलहरु जलेर नष्ट भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>