चितवन विशेष

कांग्रेसको गढ मानिएको भरतपुर–१८ मा एमालेका रानाले बनाए नयाँ इतिहास

Banner

चितवन, जेठ ८-

कांग्रेसको गढ मानिएको भरतपुर महानगरपालिका १८ को वडाध्यक्षमा नेकपा (एमाले) का बाबुराम रानासहित प्यानलै विजयी भएको छ ।

रानाले १६६७ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । वडा सदस्यमा कृष्णभक्त भट्टराई, सदस्य रामप्रसाद चालिसे ,महिला सदस्य लक्ष्मीदेवी शर्मा अधिकारी, दलित महिला सदस्य डिलकुमारी विश्वकर्मा विजयी भएका हुन् ।

कांग्रेसका नेता कृष्ण रेग्मीले कांग्रेस गुज्जनगरको इतिहासमै पहिलो पराजित भएको छ भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् । भरतपुर महानगर वडा नं १८ मा काग्रेसले ७० वर्ष भन्दा बढी एकलौटी नेतृत्व गरिरहेको ठाउँमा यसपटक वडा अध्यक्षमा रानाले नयाँ इतिहास बनाएको उनले उल्लेख गरेका छन् ।

अघिल्लो स्थानीय निर्वाचनमा राना वडा सदस्यमा एमालेको तर्फबाट निर्वाचित भएकोले यसपटक वडा अध्यक्षमा जित्ने उनले निर्वाचन अगाडि नै दाबी गर्दै आएका थिए । रानाले स्थानीय तहमा हुने फजुल खर्च नियन्त्रण गरेर स्वास्थ्य बिमा जस्ता जनसेवाका कार्यक्रमलाई वडामा प्राथमिकता दिने योजना बनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>