अर्थ

नेपालका विभिन्न शहरमा नवरत्न तेल फ्रि हेड मसाज क्याम्प

Banner

चितवन,जेठ ८-

प्रसिद्ध नवरत्न तेललाई हरेक उपभोक्ता माझ पु¥याउने लक्ष्यका साथ विगत केही बर्षदेखि संचालन गर्दै आएको नवरत्न फ्रि हेड मसाज क्याम्प यसबर्ष पनि संचालन गरिएको छ । काठमाडौंसहित देशका प्रमुख शहरहरु पोखरा,नेपालगन्ज,विराटनगर,जनकपुर,विरगन्ज,भरतपुर,नारायणगढ,हेटौंडा,धरान लगायतका सहरहरुमा क्याम्प संचालन गरिएको छ । १ सय ५० दिनसम्म संचालन हुने क्याम्पबाट लाखौं ग्राहकहरुले तेल मालिसको लाभ लिने कम्पनीले जनाएको छ ।

नवरत्न तेलका ब्राण्ड म्यानेजर विकास तिवारीका अनुसार विगतमा कोरोनाका कारण रोकिएको क्याम्प यसबर्ष कोरोना कम भएसंगै संचालन गरिएको छ । क्याम्प अवधिभर देशभरका १० लाख नागरिकले सेवा लिने उहाँले बताउनुभयो । उहाँले विभिन्न जिल्लामा हुने क्याम्पमा सहभागि भएर सेवा लिन समेत आग्रह गर्नुभयो । जेठ ११ गतेसम्म क्याम्प संचालन हुनेछ ।

मालिस गर्ने तेलको रुपमा प्रसिद्ध नवरत्न तेल इमामी लिमिटेडको एक विशिष्ट उत्पादन हो । विभिन्न ९ आयुर्वेदिक जडिबुटीहरुको समिश्रणबाट तयार पारिने नवरत्न तेल नेपालको बजारमा एक अग्रणी स्थान ओगट्न सफल मालिस तेल हो ।

बिशेष गरेर टोउको र शरिर दुवैका लागि मालिस गर्न उपयुक्त यो तेल महिला पुरुष दुवैका लागि सुहाउँदो छ । यो तेलले मालिस गरेपछि आरामको अनुभूति हुने,मानसिक रुपमा स्वस्थ्य राख्नुका साथै चिसो अनुभव हुने,शरिरका दुखाई कम गर्ने,तनाब र दवाबबाट मुक्त गराउनुका साथै शारिरिक तथा मानसिक आराम प्रदान गर्छ ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>