Breaking News

अघिल्लोपटक मतपत्र च्यातिएको भरतपुर–१९ मा एमालेका तामाङ विजयी

Banner

चितवन,जेठ ८-

२०७४ को स्थानीय चुनावमा धाँधली भएको भरतपुर–१९ को वडाध्यक्षमा नेकपा एमालेका प्रकाश तामाङ विजयी भएका छन् ।

मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहाल निरन्तर अगाडि बढिरहँदा यो वडामा गठबन्धनका वडाध्यक्षका उम्मेदवार भने हारेका हुन् ।

कांग्रेसका द्रोणबहादुर गुरुङलाई हराउँदै नेकपा एमालेको तामाङ विजयी भएका हुन् । जबकि यो वडालाई कांग्रेसको पकड क्षेत्र मानिन्छ । यो वडामा अहिले तीन हजार ४८८ मत खसेको थियो ।

अघिल्लो स्थानीय चुनावमा यो वडाको मतगणना गर्दैगर्दा मतपत्र च्यातिएपछि पुनः चुनाव गरेर मतपरिणाम आउँदा नेपाली कांग्रेसका कर्णबहादुर गुरुङ एक हजार ४७८ मत ल्याएर विजयी भएका थिए । त्यतिबेला एमालेकै प्रकाश तामाङले एक हजार ९७ मत ल्याएर हारेका थिए ।

भरतपुर महानगरको वडा नम्बर १९ को मतगणनाका क्रममा जेठ १४ गते मध्यरातमा माओवादीका गणक प्रतिनिधि मधु न्यौपाने र द्रोण सिवाकोटीले मतपत्र च्यातेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>