आगलागी/क्षति

चितवनमा आएको हावाहुरीसहितको पानीले सप्तगण्डकी बहुमुखी क्याम्पसमा ३० लाख बढीको क्षति

Banner

चितवन, जेठ ७-

चितवनमा शुक्रबार साँझ आएको हावाहुरीसहितको पानीले सप्तगण्डकी बहुमुखी क्याम्पसमा ३० लाख बढीको क्षति भएको छ ।

क्याम्पसको चौथो तलामा रहेको बीसीए, बीबीए र बीआईएमको अत्याधुनिक कोठाहरुमा हावाहुरीसहित पानी पस्ता सो क्षति भएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापा, वरिष्ठ उपाध्यक्ष रमाकान्त सापकोटा, उपाध्यक्ष बालकृष्ण पौडेलसहित क्याम्पस प्रमुख र कर्मचारीहरुको टोलीले आज क्षतिको अवलोकन गर्दा ३० लाख बढीको अनुमानित क्षति भएको निष्कर्ष निकालेको छ ।

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष बालकृष्ण पौडेलले भने, ‘ अहिले प्रारम्भिकरुपमा हेर्दा अनुमानित ३० लाख बढीको क्षति भएको देखिन्छ । यसको प्राविधिक मूल्यांकन गर्न बाँकी नै छ ।’ ६ भन्दा बढी कोठामा राखिएको जिम्पसनसहित एलसीडी टीभी, कम्पयुटर, प्रोजेक्टर, फर्निचरलगायतमा क्षति पुगेको छ । क्याम्पस प्रमुख महतोले भर्खरमात्र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा निर्माण भएर सञ्चालनमा आएको कक्षाकोठामा ठूलो क्षति हुदा क्याम्पस परिवार समस्यामा परेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>