Breaking News
चितवनको राप्तीमा मेयरमा गठबन्धनका शमशेर र उपमेयरमा देवेन्द्रको निरन्तर अग्रता

चितवन, जेठ ५-
चितवनको राप्ती नगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट एकीकृत समाजवादीको शमसेर लामा र उपमेयरमा गठबन्धनबाट कांग्रेसका देवेन्द्र लामाले निरन्तर अग्रता लिएका छन् ।
मतगणनाको सुरुदेखि नै शमशेरले अग्रता लिएको भए पनि अहिले देवेन्द्रले पनि अग्रता बढाएका हुन् । राप्ती नगरपालिकामा २३ हजार २३७ मत गन्दा मेयरतर्फ एकीकृत समाजवादीका शमशेर लामाले नौ हजार ७३४ मत ल्याएका छन् भने एमालेका उम्मेदवार गोविन्दप्रसाद कँडेलले नौ हजार ३३४ मत ल्याएका छन् । राप्रपाका मनोज अधिकारीले मेयरमा ७९ मत र कूशल पाठकले चार मत ल्याएका छन् ।
त्यसैगरी राप्ती नगरपालिकामा उपमेयर तर्फ गठबन्धनमा कांग्रेसका उम्मेदवार देवेन्द्र लामाले नौ हजार ८७६ र एमालेकी मेनुका पाठकले नौ हजार ५२२ मत ल्याएकी छन् । मेयर र उपमेयरमा ४३१ मत बदर भएको छ । अझै २, ३ र १० वडा गन्न बाँकी रहेको छ । तीन वडामा गणना गर्न बाँकी मत ६ हजार ५०० रहेको छ । राप्ती नगरपालिकाको वडा नम्बर १ को गणना चलिरहँदा एमालेले वडा अध्यक्षमा १२०१ मत ल्याउँदा कांग्रेसका काशिराम चालिसेले १११२ मत ल्याएका छन् । राप्तीमा गठबन्धनले स्थानीय निर्वाचन जितेमा एमालेको दशकौं अघि देखिको किल्ला ढल्ने विश्लेषकहरुको बताएका छन् ।
























