देश/प्रदेश
जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता
०

जनकपुर, जेठ ५-
जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले आफ्नो अग्रता बढाउँदै जानुभएको छ ।
साहले पाँच हजार ६१ मत प्राप्त गर्नुभएको छ । एमालेका शिवशङ्कर साह तीन हजार २३१ मतका साथ दोस्रो, लोसपाका मनोज चौधरी एक हजार ४८८ मत प्राप्त गरी तेस्रो र स्वतन्त्र उम्मेदवार बलराम महतो एक हजार ४०८ मतका साथ चौथोे स्थानमा रहनुभएको छ । निवर्तमान नगरप्रमुखसमेत रहनुभएका गठबन्धनका लालकिशोर साह एक हजार २८३ मतका साथ पाँचौँ स्थानमा हुनुहुन्छ ।
उपप्रमुखमा कांग्रेसका किशोरी साहले अग्रता कायम राख्नुभएको छ । उहाँले पाँच हजार ३९५ मत प्राप्त गर्नुभएको छ । एमालेका रुना झाले तीन हजार ५६४ मतका साथ उहाँलाई पछ्याइ रहनुभएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























