खैरहनी

एमालेको गढ चितवनको खैरहनी–१० मा कांग्रेसको प्यानलनै विजयी

Banner

चितवन, जेठ ४–

पूर्वीचितवनको खैरहनी नगरपालिका–१० मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

आज विहान सम्पन्न अन्तिम मतपरिणाम अनुसार वडा अध्यक्षमा चन्द्र विक्रम चौधरी १०४ मतान्तरले निर्वाचित भएका हुन् । उनले १८५५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा (एमाले)का कारीराम चौधरीले १७५१ मत प्राप्त गरे ।

यस्तै खुला सदस्यमा नवराज पाठक (१७४५), सुरेन्द्र चौधरी (१६८८), महिला सदस्यमा मिरा चौधरी (१९०३) र दलित सदस्यमा गेयान्ति पासवान (१६८८)ले मत प्राप्त गर्दै विजयी भएका हुन् । यसअघि यस वडामा नेकपा (एमाले)ले जित्दै आएको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा पनि एमालेको प्यानल नै विजयी भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>