देश/प्रदेश

ललितपुरको बालकुमारीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

Banner

काठमाडौं,  जेठ ४

ललितपुरको बालकुमारीमा गएराती मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय युवक रहेका छन् ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका युवकको उपचारको क्रममा आज बिहान ३ बजे बिएण्डबी अस्पताल ग्वार्कोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२३ प ०४९१ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका युवकलाई गएराती सवा ९ बजे ठक्कर दिएको थियो ।

मोटरसाइकल सहित चालकलाई प्रहरी वृत सातदोबाटोले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>