Breaking News

चितवनमा कालिकाको मतगणना रोमाञ्चक बन्दै, एमालेका रेग्मी ५ मतले अगाडि

Banner

चितवन, जेठ ३-

चितवनको कालिका नगरपालिकाको मेयरमा एमालेका विनोद रेग्मीले गठबन्धनतर्फबाट कांग्रेसका शिवराम केसीलाई ५ मतले पछि पारेका छन् ।

सुरुमा एमाले अगाडि रहेको कालिकामा पछि कांग्रेस अघि रहेकोमा अहिले फेरि एमाले अगाडि भएको छ । दुई उम्मेदवार बीचको तीव्र प्रतिस्पर्धाले मतगणना झनै रोचक बन्दै गएको देखिन्छ ।

एमालेका बिनोद रेग्मीको ८७५५ र गठबन्धन अन्तर्गत कांग्रेसका शिवराम केसीले ८७५० मत प्राप्त गरेका हुन् । उपमेयरमा भने एमालेको अग्रता रहेको छ । उपमेयरमा एमालेकी बिमला लामाले ८५९८ र गठबन्धन अन्तर्गत माओबादीकी सबिता लामाले ८०१६ मत प्राप्त गरेकी छन् । उपमेयरमा पनि एमाले ५८२ मतले अगाडि छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>