Breaking News

भरतपुरमा रेनु दाहालले मतान्तर बढाउँदै, विजय सुवेदी भन्दा २२६ मतले अगाडि

Banner

चितवन, जेठ ३-

भरतपुर महानगरमा पाँच दलीय गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार रेनु दाहालले प्रतिस्पर्धीसँगको मतान्तर बढाउँदै लगेकी छन् ।

वडा नम्बर ५ को मत गणना हुँदै गर्दा एमालेका विजय सुवेदी भन्दा दाहालले २२६ मतले अग्रता लिएकी छन् । यसअघि कहिले सुवेदी र कहिले दाहाल अगाडि देखिए पनि वडा नम्बर ५ को मतगणना सुरु भएसँगै दाहालको मतान्तर बढ्दै गएको हो । यसअघि दुवैले १०० मत भन्दा बढीले अग्रता लिन सकेका थिएनन् ।

१९ हजार ७८८ मत गणना हुँदा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार दाहालले छ हजार ६७८ मत ल्याएकी छन् भने सुवेदीले छ हजार ४५२ मत ल्याएका छन् । त्यसैगरी मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार २५५ मत ल्याएर तेस्रो स्थानमा छन् ।

त्यसैगरी उपमेयरतर्फ गठबन्धनबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले आठ हजार १२० र राप्रपाकी हिमला गुुरुङले पाँच हजार ३९६ मत ल्याएकी छन् । वडा अध्यक्ष तर्फ कांग्रेसले अग्रता लिइरहेको छ । कांग्रेसले एक हजार १४० मत ल्याउँदा एमालेले एक हजार ६९ मत ल्याएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>