Breaking News

माडीको नगर प्रमुखमा महतोको जित सुनिश्चित, गन्न बाँकी मत भन्दा धेरैले अग्रता

Banner

चितवन, जेठ ३-

माडी नगरपालिकाको नगर–प्रमुखमा एमालेकी ताराकुमारी काजी महतो निर्वाचित हुने सुनिश्चित भएको छ ।

माडीमा ८ वटा वडाको मत गणना सकिँदा गन्न बाँकी मत भन्दा धेरैले सत्ता गठबन्धनका माओवादी उम्मेदवार ऋषिराम काफ्लेलाई पछि पारेपछि उनको जीत सुनिश्चित भएको हो । जित सुनिश्चित भएसँगै एमालेले माडीमा विजय जुलुसको तयारी गरेको छ ।

माडी नगरपालिकाको वडा नम्बर ५ को मतगणनामा २०० मत गनिसक्दा तारा कुमारी काजी महतोले नौ हजार ४५६ मत प्राप्त गरेकी छन् भने गठबन्धनमा काफ्लेले छ हजार ६४२ मत प्राप्त गरेका छन् । जम्मा एक हजार छ सय ४३ मत गन्न बाँकी रहदा मेयरमा महतोको अग्रता दुई हजार ८१४ मतको अग्रता छ ।

माडीका सात वटा वडाहरुको मतगणना सकिँदा र अन्तिमका एक वटा वडाको मतगणना जारी रहँदा मतान्तरका आधारमा नगर–प्रमुखमा महतो निर्वाचित हुने निश्चित भएको हो । माडीका जम्मा ९ वडा मध्ये अहिले गणना भएका मध्ये एमालेले वडा नम्बर ६, राप्रपाले वडा नम्बर १ र ८, माओवादीले वडा नम्बर ९, एकीकृत समाजवादीले वडा नम्बर ७ र ३ मा जित हासिल गरेका छन् । वडा नम्बर ५ को गणना
अहिले जारी छ ।

त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका खेमप्रसाद महतोको जित सुनिश्ति भएको छ । उनले अहिलेसम्म पाँच हजार ८४५ मत, राप्रपाका मदनप्रसाद पौडेलले चार हजार ८६९ मत र स्वतन्त्रबाट कृष्णप्रसाद पौडेलले दुई हजार ९७० मत प्राप्त गरेका छन् । यसअघि माडी नगरपालिकाको उपप्रमुख रहेकी ताराकुमारी काजी महतोले मेयरमा निर्वाचित भएपछि आफ्ना अधुरा विकासका योजनाहरु पूरा गर्ने बताउँदै आएकी थिइन् । एकीकृत माओवादीले आफ्नो प्रभाव क्षेत्रको रुपमा मान्दै आएको माडीको मेयरमा महतोको अग्रतालाई अर्थपूर्णरुपमा हेरिएको छ । स्थानीय निर्वाचनमा माडीमा एमाले र राप्रपाले आपसी तालमेल गरेका थिए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>