Breaking News

चितवनमा मेघ गर्जनसहित भारी बर्षा, हावाहुरीले रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Banner

चितवन, जेठ २-

चितवनमा हावाहुरी र चट्याङसहित भिषण वर्षा भएको छ । हावाहुरीले रुख र बिजुलीको पोल ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपलिका–५ धार स्थित सडकमा रुख ढालेर दुई तर्फी सडक अवरुद्ध भएको हो । रुख ढलेको सूचना पाउनासाथ अहिले नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा बाटो खुलाउनको लागी पहल भइरहेको चितवन प्रहरीले जनाएको छ । ढलेको पोल उठाउन विद्युत् प्रधिकरणको कार्यालयबाट समेत कर्मचारी जाँदै गरेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>