Breaking News
भरतपुर महानगरमा विजय सुवेदीको ५८ मतले अग्रता, पछ्याउँदै रेनु
०

चितवन, जेठ २-
भरतपुर महानगरपालिकाको पछिल्लो मत गणनामा एमालेका उम्मेदवार विजय सुवेदी ५८ मतले अग्रता लिएका छन् ।
सुवेदीलाई गठबन्धनका उम्मेदवार रेनु दाहालले पछ्याइरहेकी छन् । महानगरमा १३ हजार ९३० मत गणना हुँदा एमालेका सुवेदीले चार हजार ७२७ मत ल्याएका छन् भने माओवादी केन्द्रकी दाहालले चार हजार ६६९ मत ल्याएकी छन् ।
त्यसैगरी उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी पाँच हजार ५५७ र उपमेयरमा राप्रपाकी हिमला गुरुङले तीन हजार ७६४ मत ल्याएकी छन् । वडा अध्यक्षतर्फ भने कांग्रेसले एक हजार ७४ मत, एमालेको ७२४ र राप्रपाको ४२० मत आएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























