देश/प्रदेश
सर्लाहीको हरिपुर्वामा जसपाबाट वडाध्यक्ष निर्वाचित
०

सर्लाही, जेठ १ –
सर्लाहीको हरिपुर्वा नगरपालिकाको एक वडामा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् । हरिपुर्वा नगरपालिका–३ मा सम्पन्न मत गणनाअनुसार जनता समाजवादी पार्टी नेपालबाट वडाध्यक्षको उम्मेदवारी दिएका प्रमोद राय ८ सय ६ मतसहित विजयी भएका हुन् । रायका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका धनराज सिहंले ७ सय ३ मतमात्र प्राप्त गरे । रायको प्यानलनै विजयी भएको छ ।
यस्तै यस नगरपालिकामा मेयर र उपमेयर पदमा भने नेपाली कांग्रेसका उमेद्वारले अग्रता कायम गरेका छन । कांग्रेसबाट मेयर पदका उम्मेदवारले ८ सय ५० र उपमेयर पदका उम्मेदवारले ६ सय ६९ मतसहित अग्रता बनाएका हुन् । भने, जसपा र लोसपाका उमेद्वारले कांग्रेसलाई पच्छ्याईरहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























