देश/प्रदेश
खोटाङमा नेकपा एसका दुई वडाध्यक्ष निर्वाचित
०

खोटाङ, जेठ १-
खोटाङका दुई वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वडाध्यक्ष चुनिएका छन् ।
केपिलासगढी गाउँपालिका-२ खार्ताम्छामा मिलन राई र केपिलासगढी गाउँपालिका(३ बासपानीमा तुलाराम राई विजयी भएका हुन् । माओवादी केन्द्र र जसपासँगको गठबन्धनमा उनीहरु वडाध्यक्ष चुनिएका हुन् ।
खार्ताम्छामा दुई खुला सदस्य जसपाको र दुई सदस्य नेकपा एकीकृत समाजवादीका विजयी भएका छन् ।
बासपानीमा दुई खुला सदस्य माओवादी केन्द्रको र दलित महिला सहित दुई महिला सदस्य नेकपा एकीकृत समाजवादीको निर्वाचित भएका हुन् । खुला दुई सदस्य पनि महिला छन् । बासपानीमा वडाध्यक्ष पुरुष र चार सदस्य महिला भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























