Breaking News
डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्यो
०
काठमाडौं,बैशाख ३१-
डिजेल र पेट्रोलको मूल्य एकै पटक प्रतिलिटर १० रुपैयाँले बढेको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले शनिवार मध्यरात १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७० र डिजेलको मूल्य प्रतिलिटर एक सय ५३ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् रहेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
मूल्य बढाएपछि पनि नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर १४ दशमलव ३६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३१ दशमलव ४४ रुपैयाँ घाटा रहेको जनाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























