देश/प्रदेश
लमही नगरपालिकामा कांग्रेसको सुरुवाती अग्रता
०

दाङ, वैशाख ३१-
लमही नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । नगरको वडा नम्बर १, ५ र ९ को ३०३ मत गणना गर्दा नेपाली कांग्रेसका नगर प्रमुख पदका उम्मेदवार जोगराज चौधरीले ९३, नेकपा एमालेका दण्डिराम चौधरीले ८४ र नेकपा माओवादी केन्द्रका बसन्तराज शर्माले ७९ मत प्राप्त गरेका छन ।
उपप्रमुखमा नेपाली कांग्रेसका लक्ष्मी योगीले ९९, नेकपा एमालेका शुसिला शर्माले ७८ र नेकपा माओवादी केन्द्रका गंगा पाण्डेले ६६ मत प्राप्त गरेकी छिन । लमही नगरपालिकामा यसअघि नेकपा एमालेका उम्मेदवारले जितेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























