देश/प्रदेश
इलामको देउमाई तनावग्रस्त, प्रहरीद्वारा हवाइ फायर
०

इलाम, वैशाख ३१ –
इलामको देउमाई नगरपालिका तनावग्रस्त भएको छ । मतगणना स्थल बाहिर प्रहरीले हवाई फायर गरेको छ । तीन राउण्ड गोली पड्किएको आवाज सुनिएको देउमाईमा रहेका पत्रकार टिका खतिवडाले जानकारी दिए ।
असन्तुष्ट पक्षले गाउँपालिका कार्यालयमा समेत तोडफोड गरेका छन् । मतगणना स्थलमा कर्मचारीसँग स्वस्तिक छाप र मोबाइल भेटिएको भन्दै विवाद भएपछि मतगणना स्थगित गरिएको छ । गणना स्थगित भएपछि नगरपालिका परिसरमा नाराबाजी भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























