देश/प्रदेश
सल्यानको दार्मा गाउँपालिकामा कांग्रेसको अग्रता
०

सल्यान बैशाख ३१-
सल्यानको दार्मा गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । वडानम्बर १ को चार सय मत गणना हुँदा अध्यक्षमा कांग्रेका रामचन्द्र केसीले २४९ मत ल्याएर अग्रता लिएका छन् । निर्वतमान अध्यक्षसमेत रहेका माओवादी केन्द्रका उम्मेदवार निमबहादुर केसीले १८३ मत ल्याएका छन् । २०७४ को चुनावमा दार्माका सबै वडा माओवादीले जितेको थियो।
यस्तै एमालेका गणेशमान सिंहले ४२ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार दलबहादुर केसीले ३ मत पाएका छन् । उपाध्यक्षमा कांग्रेसकी उषा हमाल चन्दले २२०, माओवादीकी जुना मल्ल चन्दले १८८, एमालेकी पुतला खड्का रोकायले ६८ र स्वतन्त्र उम्मेदवार मदन चन्दले ३ मत ल्याएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























