चितवन विशेष

क्यान्सर अस्पतालको अध्यक्ष हुँदा कस्तो रह्यो रेनु दाहालको भूमिका ?

Banner

चितवन, वैशाख २७–

राजनीतिक खिचातानीले बदनामी जस्तै भएको भरतपुरस्थित वी.पी. कोइराला मेमोरीयल क्यान्सर अस्पताल पछिल्लो समय व्यवस्थित बन्दै गईरहेको छ । अस्पताललाई व्यवस्थित गराउन तत्कालीन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको ठूलो योगदान रहेको अस्पतालको भनाई छ ।

अस्पतालका पूर्व कार्यकारी निर्देशक डा. विजय चन्द्र आचार्यका अनुसार अस्पतालको अध्यक्ष नियुक्त नभइरहेको अवस्थामा अध्यक्षको जिम्मेवारी वहन गरेकी तत्कालीन भरतपुर महानगरकी मेयर दाहालको अग्रसरताका कारण धेरै कामहरु भएका छन् । दाहालसंग प्रत्यक्ष काम गरेको अनुभव सुनाउँदै आचार्य भन्छन्, ‘उहाँ जस्तो जिम्मेवार अध्यक्षका कारण आफ्नो कार्यकाल अस्पतालको महत्वपूर्ण उपलब्धी हाँसिल गर्न सफल भयो । अहिलेसम्म त्यस बखत गरिएका कामको राम्रो प्रभाव कायम छ ।’

आचार्य उक्त अस्पतालमा २०७४ देखि २०७७ सम्म कार्यकारी निर्देशक थिए । उनी निर्देशक रहेको १८ महिने कार्यकाल (२०७५ असोज देखि २०७६चैत) अस्पताल अध्यक्ष विहिन थियो तर, कामको हिसाबले सबै भन्दा धेरै काम गर्न सफल भएको उनको दावी छ । त्यही कार्यकालदेखि अस्पतालले विगतमा बिग्रिएको आफ्नो साखः समेत आर्जन गर्न सफल भएको सरोकारवाला बताउँछन् ।

अस्पतालको २५० शैया थप भवन सम्पन्नदेखि अक्सिजन प्लान्ट स्थापनामा दाहालको महत्वपूर्ण भूमिका रहेको थियो । त्यसो त उनीनै अध्यक्ष रहेको बखत अस्पतालले फोहर व्यवस्थापन परियोजना, मोलिक्युलर ल्याव स्थापना, नर्सिङ कलेज स्थापना, आईजिआरटि सहितको लिन्याक मेसिनको खरिद गरि प्रयोग शुरुआत गरिएको हो । यसअघि त्यस प्रकारको उपचारको लागि भारत जानुपर्ने बाध्यता थियो । शल्यक्रियाको लागि अध्याधुनिक आठ वटा मोडुलर शल्यक्रिया कक्षको स्थापनामा पनि निवर्तमान मेयरको ठूलो भूमिका रहेको अस्पताल प्रशासनको भनाई छ ।

अस्पतालमा गरिएको डिजिटलाईट गर्ने विषय, सफ्टवेयरमा लाने निर्णय पनि दाहालकै अध्यक्षतामा सम्पन्न भएको हो । जुन निर्णय कार्यान्वयन भइ सकेको छ । आर्थिक पारदर्शीताको लागि अस्पतालको शुल्क बुझ्न कृषि विकास बैकको काउण्टर अस्पताल परिसरमै स्थापना गरि सकिएको छ ।

दक्षिण एसियाकै नमूना भनिएपनि आफ्नो पहिचान दिन नसकेको उक्त अस्पतालले निवर्तमान मेयरकै कार्यकालमा शुरु गरिएको अभियानबाट बेष्ट हस्पिटल अवार्ड समेत प्राप्त गरि सकेको छ ।

कर्मचारी कल्याणकारी कोषमा आधा महिना बराबरको सुविधा उपलब्ध गराउने, ईमर्जेन्सी ल्याबको सेवा स्थापना, विना धितो कृषि विकास बैंकबाट कर्मचारीले ऋण लिन पाउने, हप्तामा छ दिन नै ओपिडि र अप्रेशन सेवा प्रारम्भ जस्ता कार्य समेत आचार्य कार्यकारी रहेको र निवर्तमान मेयर अध्यक्ष रहेको बखतनै उक्त अस्पतालले शुरु गरेको हो ।

सिटि स्क्यान, एमआरआई सेवामा नोडेट प्रणाली लागू गर्नेदेखि पाठेघरको मुखको क्यान्सर को उपचारमा भित्री भागमा हुने क्यान्सर रेयिोथेरापी (ब्राकिथेरापि) मेसिन खरिद र सेवा प्रारम्भमा पनि दाहालनै अध्यक्ष भएको बखत शुरु गरिएको थियो ।

अस्पतालका वरिष्ठ कानुन अधिकृत गोकर्ण सापकोटाका अनुसार भरतपुर क्यान्सर अस्पताल सञ्चालन सम्बन्धी ऐन २०५३ को दफा ७ अनुसार भरतपुर महानगरपालिका प्रमुख अस्पताल सञ्चालक समितिको पदेन बोर्ड सदस्य रहने व्यवस्था छ । उक्त व्यवस्था अनुसार सदस्य भएकी रेनु दाहालले २०७५ असोज देखि १८ महिना अध्यक्षको भूमिका निर्वाह गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>