चितवन विशेष

नारायणगढका व्यवसायी भन्छन्ः अनुभवी र विकास प्रेमीलाई मतदान गरौं

Banner

चितवन, वैशाख २७–

चितवनको मुख्य बजार क्षेत्र नारायणगढका व्यवसायीहरु अनुभवी विकासवादी र सक्षम नेतृत्व फेरी आउनुपर्ने पक्षमा उभिएका छन् । भरतपुर महानगर प्रमुख (मेयर), उपप्रमुख (उपमेयर)मा अनुभवी, विकासवादी नेतृत्वलाई जिताउन उनीहरु लागिपरेका छन् । २०७४ मा सम्पन्न पहिलो स्थानीय तहको निर्वाचनमा तटस्थ भूमिका खेलेका यी व्यवसायीहरु यतिबेला भने गठबन्धनका उम्मेद्वारको पक्षमा वकालत मात्र गरेका छैनन् आफ्ना नजिकक लाई विकासको लागि मतदान गर्न अनुरोध गर्न थालेका छन् ।

भरतपुर–३ मा घर दैलोमा जाँदै गरेका उद्योग बाणिज्य संघ चितवनका पूर्व आध्यक्ष उत्तमलाल चुकेले भने, “भरतपुरको समग्र विकासको लागि विकासको भिजन भएका नेतालाई विजयी गराउनुपर्छ । अहिले शुरु भएको विकासको कामले पूर्णता पाउँदाको बखत नारायणगढ भरतपुर हेर्न लायक हुने छ ।”  वर्तमान निर्वाचन राजनीतिक लडाई हो । यो लडाईमा विकास भन्दा बाहिर मत जाँनुहुँदैन र जाँदैन पनि ।’

चुकेले भन्दा फरक विचार राख्छन् अर्का एक व्यवसायी । उनले आफ्नो नाम उल्लेख नगरिदिने शर्तमा भने, ‘यतिवेला यो दल, उ दल भनेर लाग्ने समय छैन, हामीले पहिलो प्राथमिकता यहाँको विकासलाई दिनुप¥यो । त्यसको लागि को सक्षम छ ? को अनुभवि छ हामी आफैले छुट्याउने हो ।’  भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्र समेत समेटिएको वडा नम्बर १, २, ३ मा १७ हजार छ सयको हाराहारीमा मतदाता छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>