चितवन विशेष

चितवन जिल्ला अदालतको सेवा प्रवाह आजदेखि स्थगित

Banner

चितवन, वैशाख २७–

स्थानीय तहको निर्वाचनका कारण चितवन जिल्ला अदालतको सेवा प्रवाह स्थगित गरिएको छ ।

अदालतले आज एक सूचना जारी गर्दै आजदेखि वैशाख २९ गतेसम्मका लागि सेवा स्थगन गरिएको जनाएको छ । सूचनामा भनिएको छ–‘यस अदालतमा कार्यरत कर्मचारीहरु निर्वाचनमा खटिनुपर्ने भएको र जिल्ला प्रशासन कार्यालयबाट समेत सेवा स्थगन सम्बन्धित सूचना जारी गरिएको हुँदा अन्तिम हदम्याद भएका फिराद पत्र, प्रतिउत्तर, पुनरावेदन पत्र, म्याद थप, जरुरी स्वीकृत पक्राउ पूर्जी, सीडीआर र बन्दीप्रत्यक्षीकरण निवेदन बाहेक अन्य निवेदन तथा फिरादहरु वैशाख २९ गतेसम्मका लागि स्थगन गरिएको छ ।’

स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते हुँदैछ । त्यसका लागि सरकारी कर्मचारीहरुलाई निर्वाचनमा खटाईएका छ । सोही कारण जिल्लाका अधिकाशं कार्यालयहरु आजदेखि बन्द भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>