Breaking News

चितवनकी महिला अधिकारकर्मी खरेल भन्छिन्: कसैको स्वार्थ पूरा गर्न मेरो स्वाभिमान गिराउन चाहन्न

Banner

चितवन, वैशाख २७-

चितवनकी महिला अधिकारकर्मी मीना खरेलले भरतपुरमा कसैको स्वार्थ पूरा गर्न आफ्नो स्वाभिमान गिराउन नचाहने बताएकी छन् ।

भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेललको चुनावी प्रचारप्रसारमा खटिएकी खरेलले सामाजिक सञ्जालमा सन्देश पोष्ट गर्दै केही मानिसहरुले आफ्नो बारेमा भद्धा टिप्पणी गर्न थालेकोले केही स्पष्टिकरण दिन चाहेको बताएकी हुन् । उनले भनेकी छन्, ‘आफू हिजो पनि आज पनि र भोली पनि निष्ठा, इमान्दारिता, विपिको विचार र सिद्धान्तमा विश्वास गर्ने मान्छे हो । सामाजिक क्षेत्रमा मौलाएको विकृति मात्र होइन राजनीतिमा मौलाएको व्यतिथिका विरुद्ध चालिएको मेरो यो कदमलाई कुनैपनि शक्तिले विचलित बनाउन सक्दैन । कसैको स्वार्थ पुरा गर्नका म मेरो स्वाभिमान गिराउन चाहन्न ।’

उनले केही बोल्ने मन नभए पनि केही व्यक्तिहरुले आफ्नो नाम लिएर गरेको भद्धा टिप्पणीको जवाफ नदिई बस्न मन नलागेको बताएकी छन् ।

उनले भनेकी छन्, ‘ मलाई मेरो सामाजिक जिम्मेवारी वहन गर्न राम्रो सँग आउँछ । विगत ३० वर्षदेखि महिलामाथिको हिंसा शोषण, अन्याय र अत्याचारको विरुद्ध लडिरहेकी पनि छु । मानिसको मानवीय सोच र विचारमा परिवर्तन गराउन आजपनि हरकदम मेरो पाइला अगाडि बढिरहन्छन् । अरुका लागि राजनीति पेसा होला मेरा लागि सेवा हो । महिलामाथिको यावत समस्यालाई सम्बोधन गर्न राजनीतिक प्रतिबद्धता सहितको सामाजिक रुपान्तरण हामीले चाहेका हौ । हो म आज पनि दिनहुँ घरेलु हिंसाबाट प्रताडित, जवरजस्तीकरणको शिकार बनेका र बेचिएका चेलीको आँसु पुछ्न तल्लिन हुन्छु । राज्यको जिम्मेवारीलाई हामीले सहयोग गर्न मात्र खोज्यौ तर आजसम्म दीर्घकालीन पुर्नस्थापना गृह सञ्चालनमा न त राज्य बोल्यो न त महानगर नै । ए हजुर तपाईले मलाई संस्था चलाउन कति बजेट दिनुभएको छ ? घरेलु हिंसा, अनाथ, बेचिएका, बलत्कारमा परेका, द्वन्द्वकालमा हिंसामा परेका महिलाका लागि तपाइँले अहिलेसम्म के गर्नुभयो ? तपाइँको बजेटले ती महिलालाई कहाँ नेर छोयो ?

चितवनमा श्रृखलाबद्धरुपमा महिलामाथि बलत्कार, हत्या र चरम हिंसा हँुदा तपाइँ कुन कुनामा हुनुुहुन्थ्यो ? करणीबाट बच्चा जन्माएर अलपत्र परेकी बालिकाको सुरक्षा र संरक्षणमा तपाइँको ध्यान गयो कि गएन ? राज्यको काम सामाजिक क्षेत्रबाट हामीले गरेका छौं गर्व पनि गर्छु थोरै भए पनि व्यक्तिगत सहयोग जुटाएर परिवार साथीभाईको जन्मदिन र विवाह उत्सवको दिन पारेर खाना खुवाएर अनि आफ्नै परिवारका सदस्यबाट मासिक भाडा तिर्न लगाएर भए पनि काम गरेका छौ । त्यसैले बोल्नुभन्दा अगाडि आफ्नै हैसियत बिर्सेर प्रश्न नतेसार्नुहोस् । तपाइँले त हामीले तिरेको करबाट मैले बाटो बनाए भनेर चौडा छाती फुलाएर भन्दै हिड्नुहुन्छ मैले त आफ्नै बाबुले कमाएर राखिदिनुभएको पैसा खर्च गरेर महिलाको अधिकार संरक्षणमा जुटेकी छु त्यसैले मलाई मेरो गुरुदेवको दिक्षा सम्झाउनुभन्दा पहिले आफूले त्यो शिक्षालाई मनन गर्नुहोला ताकि तपाइँले बोलेको कुरा जेठ १ गतेपछि तपाइँलाई नै भारी नपरोस् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>