कालिका

कालिकामा चुनावी प्रचारप्रसारको लागि गठबन्धनको मोटरसाइकल र्‍याली 

Banner

चितवन, वैशाख २६-

कालिका नगरपालिकामा सत्ता गठबन्धनले चुनावी कार्यक्रमलाई तीव्रता दिएको छ ।

निर्वाचन मिति नजिकिँदै गर्दा गठबन्धनले चुनावी कार्यक्रमलाई तीव्र बनाएको हो ।

चुनावी कार्यक्रमअन्तर्गत आज बिहान कालिका नगरपालिका–२ मा मोटरसाइकल र्‍याली  निकालिएको छ । गठबन्धनको सम्पर्क कार्यालयबाट सुरु भएको र्‍याली लाहुरेचोक हुँदै लामा चोकमा गएर कोण सभामा परिणत भएको थियो । र्‍यालीमा सयौंको संख्यामा गठबन्धनका कार्यकर्ताहरु तथा समर्थक सहभागी थिए ।

कोणसभालाई गठबन्धनबाट कालिकाको मेयरका उम्मेदवार शिवराम केसी, उपमेयरका उम्मेदवार सबिता लामा, वडा २ का वडाध्यक्षका उम्मेदवार जनार्दनप्रसाद दाहाललगायतले सम्बोधन गरेका थिए ।

कोण सभालाई सम्बोधन गर्दै मेयरका उम्मेदवार केसीले आफूले निर्वाचन जितेमा स्थानीय स्तरमा उत्पादन र आय आर्जनलाई जोडेर कार्यक्रम ल्याइने बताए । उनले वडावासीहरुलाई आयआर्जन बढाउन र आत्मनिर्भर बनाउन विभिन्न किसिमका सीपमूलक कार्यक्रम सञ्चालन गर्ने प्रबिद्धता व्यक्त गरे । उनले नगरपालिका भित्र रहेका भूमिहिन सुकुमबासीहरुको लालपूर्जाको समस्या समाधान गर्ने प्रतिबद्धता पनि जनाए ।

उपमेयरकी उम्मेदवार लामाले कालिकामा स्वास्थ्य तथा शिक्षाको पहुँच सहज बनाउने बताइन् । उनले आफू जनयूद्धमा यही क्षेत्रमा लडेको भन्दै यहाँका जनताले आफ्नो गाँस काटेर खुवाएको गुन तिर्ने बताइन् । नगर भित्रका जनतालाई आत्मनिर्भर बनाउन विभिन्न किसिमका कार्यक्रम ल्याउने उनको भनाइ थियो । वडाध्यक्षका उम्मेदवार दाहालले कृषिलाई पहिलो प्राथमिकतामा राखी आयआर्जन बढाउने प्रतिबद्धता जनाए । उनले कृषिमा आधुनिकीकरण गर्दै बढी भन्दा बढी व्यवसायिक कृषक बनाउने प्रतिबद्धता व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>