Breaking News

एमाले चितवनले भन्यो: नागरिकको जीउधनको सुरक्षा गर(विज्ञप्तिसहित)

Banner

चितवन, वैशाख २६-

नेकपा एमाले चितवनले प्रहरी प्रशासनसँग सम्पूर्ण नागरिकको सुरक्षाको सुनिश्चितता गर्दे संंवेदनशील बन्न माग गरेको छ ।

नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले आज एक विज्ञप्ति जारी गरी चितवनमा वैशाख २४ गते र २५ गते घटेको दुई घटनाले शान्ति सुरक्षाको सुनिश्चितता हुन नसकेको बताउँदै सबै नागरिकको जीउधनको सुरक्षा गर्न प्रहरी प्रशासनासमक्ष माग गरेको हो ।

विज्ञप्तिमा वैशाख २४ गते खैरहनी ६ बस्ने राष्ट्रिय युवा संघ खैरहनीका उपाध्यक्ष कुमार थापामगरलाई खुकुरी प्रहार गरी घाइते बनाइएको छ । यसैगरी वैशाख २५ गते राति भरतपुर–७ कृष्णपुर खेलमैदान अगाडि भरतपुर–१२ बस्ने अनिल परियारमाथि सांघातिक हमला गरी हत्या भएको उल्लेख गरिएको छ । एमाले चितवनले निर्वाचनको मुखैमा यस प्रकारका घटना घट्नु र सरकारी पक्षले शान्ति सुरक्षाको सुनिश्चितता गर्न नसक्नु सरकारको गैरजिम्मेवारीपन भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

‘दुवै घटनाका दोषीलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ’ एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ । नेकपा एमाले सबै प्रकारको हिंसा र अपराधजन्य कार्यको विरुद्धमा रहेको विज्ञप्तिमा जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>