Breaking News

भरतपुरमा विजयलाई विजयी बनाउनोस्, विकासको जिम्मा मेरो हो: केपी ओली

Banner

चितवन, वैशाख २५-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरको विकासको जिम्मा आफ्नो भएको बताएका छन् ।

नारायणगढको क्याम्पाचौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता ओलीले भरतपुरमा मेयरका उम्मेदवार विजयी सुवेदीलाई विजयी गराए विकासको जिम्मा आफूले लिने बताएका हुन् ।
उनले भने, ‘तपाइँहरु विजय सुवेदीको टिमलाई विजयी गराउनुहोस्, यहाँको विकासको जिम्मा मेरो हो ।’ उनले प्रचण्डले मेरो छोरीलाई जिताएनस् भने भनेर कांग्रेस कार्यकर्तालाई धम्क्याउने काम गरेको बताए । ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागेको बताएका छन् । उनले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदा कार्यकर्ता मुकदर्शक भएको टिप्पणी गरे । ‘शेरबहादुरजीले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन्, के हेरेर बसेका छन् कार्यकर्ता ? पार्टी सिद्धियो कांग्रेसको मैले केही भन्न पर्लाजस्तो छैन’ उनले भने । ओलीले अघि भने, ‘कांग्रेसका कार्यकर्ता कसरी मन थामेर बसेका छन् ?
आफन्त पोस्न आएका छन् । यस्तो सरकारलाई टाटा बाईबाई गर्नुपर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>