Breaking News

भरतपुर महानगरलाई दलको भर्ती केन्द्र बनाइयो, हामी यसलाई सुधार गर्छौ: विक्रम पाण्डे

Banner

चितवन, वैशाख २५-

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले भरतपुर महानगरलाई दलको भर्ती केन्द्र बनाइएको आरोप लगाएका छन् ।

नारायणगढको क्याम्पाचौरमा एमालेले गरेको चुनावी सभामा बोल्दै पाण्डेले भरतपुर महानगरपालिका हो कि पार्टी कार्यालय हो जनताले बुझ्न नसकेको बताएका हुन् । उनले भने, ‘महानगरपालिका जनताको शीतल चौतारी हो । जनताको लागि आशाको केन्द्रबिन्दु हो । जनताले तिरेको करबाट चल्छन् तर कर तिर्न जादा लाइन बस्नुपरेको छ । तँ कुन पार्टीको मानिस होस् भनेर सोधेको पनि पाएको छु ।’ अब हाम्रो मेयर र उपमेयर जनताको काम घरदैलोमा नै गएर समाधान गर्ने वातावरण तयार गर्ने दाबी गरे । उनले भने, ‘महानगरपालिका भर्तीकेन्द्र बनाउने काम भएको छ । महिनाको १६ हजार जागिर खुवाएर कार्यकर्ता बनाउनु भएको छ । ’

वरिष्ठ उपाध्यक्ष पाण्डेले देशमा राष्ट्रवादीहरुको एकता चितवनको माडी र भरतपुरबाट सुरु भएको आरोप लगाए । उनले मेयरमा विजय सुवेदी र उपमेयरमा हिमला सुवेदी को नेतृत्व आएपछि महानगरपालिकाको बिग्रेको परिस्थितिलाई सुधार्ने बताए । उनले भने, ‘नेपालकै सुन्दर महानगरपालिका र नगरपालिका बनाउने उद्देश्यका साथ हामी हिडेका छौं । यस्तो अवस्थामा गुज्रिएको छ । ’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>