Breaking News

मेयरका उम्मेदवार सुवेदीको प्रतिबद्धताः विदेशिएका युवालाई भरतपुर फर्कन आव्हान गर्दछौं

Banner

चितवन, वैशाख २५-

भरतपुर महानगरका एमालेका उम्मेदवार विजय सुवेदीले आफूहरु महानगरमा निर्वाचित भएपछि सबै विदेशिएका युवाहरुलाई भरतपुर फर्कन आव्हान गर्ने बताएका छन् ।

नारायणगढको क्याम्पाचौरमा एमालेले गरेको चुनावी सभामा सुवेदीले भरतपुरमा निर्वाचित भएसँगै पहिलोपटक लगानी सम्मेलन गरेर रोजगारीको सिर्जना गरी युवाहरुलाई फर्कन आव्हान गर्ने बताएका हुन् । उनले युवाहरुलाई भरतपुरमा आमाबुबासँगै बस्न पाउने बनाउन सकिने विचार राख्दै अरु देशका शहरले विकास गरेजस्तै विकास गर्न सकिने बताए । उनले नेपालकै नमुना र बस्न योग्य शहर बनाउन सकिने दाबी गरे । सुवेदीले भने, ‘भारतमा पहिलोपटक गएर केजरीवाललाई भेट्न चाहन्छु । सबै पार्टीसँग सहकार्य गर्दछों । एमालेको मात्र नभई सबैको मानिस हुन्छु । भरतपुरको लागि सहयोग गर्ने सबैको साथ सहयोग गर्ने छौं । भरतपुरमा एक वर्षमा चार लाख विरुवा लगाउँछौं । भरतपुर एउटा बगैँचा बनाउँने छौं । पवित्र नारायणीलाई शुद्ध बनाउने छौं । भरतपुरमा कोही भोको, नाङ्गो र माग्ने हुँदैन । लोककल्याणकारी राज्य निर्माण हुनेछ । ’

मेयरका उम्मेदवार सुवेदीले विगत पाँच वर्षमा भरतपुरमा मेयरले आफैले शिलान्यास गरेर आफैँले समापन गरेको कुनै योजना नभएको बताए । उनले भने, ‘ नारायणी नदी किनारमा देवघाटसम्म रेलिङ हालेर पार्कको रुपमा विकास गर्ने आफूसँग योजना भएको बताए । उनले भने, ‘ हामी निर्वाचित भएपछि यसरी सभामा गर्मीमा बस्नुपर्देन, हजारौं मानिस बस्न मिल्ने सभास्थल बनाउँछौं । अहिलेको मेयरले रिङरोडलाई जग्गा छुट्याउन सक्नु भएको छैन । हामी दुईवटा रिङरोड बनाउँछौं । भित्री र बाहिरी रिङरोड बनाउँर्छौ । पाँच वर्षपछि कोही पनि मानिस गरिबीको रेखामुनि हुँदैन । भरतपुर माग्ने होइन दिने महानगरपालिका हो भन्ने बनाउँछौं । मेयर र उपमेयरले महानगरले छाड्दैनौं । भरतपुरमा करको दर बढाउँदैनौं, दायरा बढाउँदैनौं । प्रत्येक तीन महिनामा सार्वजनिक सुनुवाइ गर्छौ । सेवा निवृत्त कर्मचारीहरुको योग्यता र क्षमता भरतपुरको निर्माणमा परिचालन गर्दछौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>