अर्थ

सामाजिक सुरक्षा कोषमा सरकारले जम्मा गर्‍यो १ अर्ब ६ करोड

Banner

काठमाण्डौ, बैशाख २५–

सरकारले सामाजिक सुरक्षा कोषमा योगदानकर्ताले जम्मा गर्नु पर्ने योगदान रकम मध्ये १ अर्ब ६ करोड रुपैयाँ जम्मा गरिदिएको छ ।

कोरोना महामारीको समयमा राहत स्वरूप सरकारले बजेटमार्फत २०७८ सालको जेठ र असार महिनाको योगदान रकम कोषमा जम्मा गरिदिने घोषणा गरेको थियो ।

जस अनुरूप सरकारले जम्मा गरिदिनुपर्ने जम्मा रकम मध्ये ८४ प्रतिशत रकम मात्रै कोषमा जम्मा भएको र बाँकी १६ प्रतिशत बाँकी रहेको सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिनुभयो । बाँकी रकम सरकारले उपलब्ध गराएपछि जम्मा हुने पनि कोषले जनाएको छ ।

सरकारले कोरोना महामारीको समयमा योगदानकर्तालाई राहत हुने गरी दुई महिनाको योगदान रकम कोषमा जम्मा गरिदिने प्रतिबद्धता बजेटमार्फत गरेको थियो ।

कोषमा सूचिकृत भएका श्रमिकको आधारभूत पारिश्रमिकबापत रोजगारदाताले २० प्रतिशत र श्रमिकले ११ प्रतिशत रकम जम्मा गर्नुपर्छ । कोषमा अहिले ३ लाख ३२ हजार ५९ योगदानकर्ता र १७ हजार ७४ रोजगारदाता सूचीकृत भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>