Breaking News

कांग्रेस र माओवादी बाँडीचुँडी खान गठबन्धन बनाएका छन्: ओली

Banner

इटहरी, वैशाख २४-

नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले सरकारमा बाँडीचुडी खान नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलले गठबन्धन गरेको टिप्पणी गरेका छन् ।

वडामासमेत एमालेसँग एक्लै चुनाव लड्न नसकेर सत्तारुढ ५ दलले गठबन्धन गरेको ओलीले बताए ।

शनिबार इटहरी उपमहानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सत्तारुढ दलको गठबन्धनलाई टालाटुली बटुली बनाएको पुतलीजस्तो भनी टिप्पणी गरेका छन् ।

बाँडेर खाने उद्देश्यले बनाएको गठबन्धनलाई मत दिन नहुने ओलीको भनाइ छ । ‘गठबन्धनलाई भोट हाल्ने हो कि सुखी नेपाली समृद्ध नेपाल बनाउनेलाई भोट हाल्ने फैसला मतदातामा निर्भर गर्छ । म इटहरी विकासको जिम्मा लिन्छु । तपाइँंहरू याम सुब्बा र संगीता चौधरीलाई जिताएर देखाउनुस’, उनले भने । एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसको घोषणा पत्रमा मान्छे देखिने तर एमालेको घोषणा पत्रमा विकास देखिने बताए ।

सत्तारुढ गठबन्धनप्रति आक्रोश पोखेका ओलीले खाएर, चुसेर ढाडिएकाहरुले गठबन्धन गरेको टिप्पणी गरे । नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रलाई उनले कांग्रेसको जिउमा भन्किएका झिंगा धपाउने झम्के पछ्यौरी भएको आरोप लगाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>