Breaking News

माधव नेपालले भरतपुरमा मेयरका बागी उम्मेदवार पौडेललाई भनेः उम्मेदवारी फिर्ता लिनोस्

Banner

चितवन, वैशाख २२-

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भरतपुरमा कांग्रेसबाट मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता लिन अनुरोध गरेका छन् ।

भरतपुरमा आज भएको सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता नेपालले सो अनुरोध गरेका हुन् ।

नेपालले भने, ‘ भरतपुरमा कांग्रेसभित्र केही समस्या देखिएको छ । जसले पार्टी निर्णयविरुद्ध मेयरमा उम्मेदवारी दिनुभएको छ । उहाँले फिर्ता लिनोस्, फिर्ता नलिए जनताले नै फिर्ता गर्नेछन् ।’ उनले भरतपुरमा पाँचै दल मात्र होइन अरु दलको पनि साथ र सहयोग लिनुपर्ने बताए । उनले गठबन्धनमा केही समस्या देखिएको भए त्यसलाई मिलाउँदै लैजानुपर्ने बताए । उनले भने, ‘ यसको भविष्यलाई हामीले सुनिश्चित गर्नुपर्छ । एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प छैन । सामाजिक, सांस्कृतिक, आर्थिक र औद्योगिक क्रान्तिका लागि पनि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अवस्था छ । ’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>