कालिका

चितवनको पदमपुरमा वाईसीएल इन्चार्जद्वारा एमाले कार्यकर्ता विक माथि आक्रमण

Banner

चितवन, वैशाख २२-

माओवादी केन्द्रको भातृ संगठन वाईसीएलको आक्रमणबाट एमालेका कार्यकर्ता महेन्द्र विक घाइते भएका छन् ।

वाईसीएल कालिकाका इन्चार्ज नवराज घलानले उनलाई आक्रमण गरेको आरोप लगाइएको हो ।

कालिका–३ शान्ति टोल पदमपुर निवासी ३४ वर्षीय विकलाई वाईसीएल कालिकाका इन्चार्ज घलानले गए राति ११ बजे फोन गरी घरबाट बोलाएर आक्रमण गरेका छन् ।
बोलाएर २०० मिटर पर लगि १५÷१६ जनाको समूहले बोत्तल तथा सीसाले टाउकोमा हानेको स्थानीयले बताएका छन् । एमालेको भातृ संगठन युवा संघका नगर सदस्यसमेत रहेका विकको अहिले गम्भीर अवस्थामा भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको नेकपा एमाले कालिकाका सचिव शुदर्शन अधिकारीले जानकारी दिए । विकको टाउकोमा गम्भीर चोट लागेको छ ।

वाईसीएल कालिकाका इन्चार्ज नवराज घलान यस अगाडि पनि एमाले जिल्ला कमिटी सदस्य ऋषिराम मरहठ्ठालाई आक्रमण गरी प्रहरी हिरासतमा रहेका थिए । उनी करिब २०० महिना अगाडि धरौटी जमानतमा छुटेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>