चितवन विशेष

भरतपुरमा सत्ता गठबन्धन र एमालेलाई चुनौती दिँदै बागी उम्मेदवार पौडेलको घरदैलो

Banner

चितवन, वैशाख २१-

सत्ता गठबन्धनविरुद्ध नेपाली कांग्रेसबाट भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले प्रतिस्पर्धीहरुलाई चुनौती दिएका छन् । चुनावी कार्यक्रममा ठूलो संख्यामा कांग्रेस नेता तथा कार्यकर्ताको बढ्दो सहभागिताले पनि सत्ता गठबन्धनलाई चुनौती भएको हो । उनले पश्चिम चितवनका विभिन्न क्षेत्रमा चुनावी सभा गरिरहेका छन् जहाँ सयौं कांग्रेस नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ । उनले कार्यक्रमले गठबन्धन मात्र होइन एमालेलाई पनि चुनौती थपिएको छ ।

पौडेलले घरदैलोको क्रममा आफूले चुनाव जित्ने भएकोले गठबन्धनमा छट्पटी भएको बताएका छन् । उम्मेदवारी फिर्ता गराउन भरतपुरमा कांग्रेस नेताहरूको दौडधुप गर्दा पनि उम्मेदवारी फिर्ता गर्न नसकेपछि उनको चर्चा बढेको हो । पार्टीभित्र र बाहिरबाट चर्को दबाबका बावजुद उम्मेदवारी फिर्ता नलिने अडानमा टिकेका उनी कांग्रेस कार्यकर्ताहरुलाई चुनाव जित्ने दाबी गर्दै आएका छन् । उनले भने, ‘म चुनाव जित्छु । तपाईंहरूले अपेक्षा गरेको भन्दा धेरै मत आउँछ । त्यही कारणले गठबन्धनमा छट्पटी भा’छ । नभए किन उम्मेदवारी फिर्ता लिन दबाव दिन्थे ?’

चुनाव चिह्न भुइँकटहर पाएपछि उनले वडा–वडामा घरदैलो गरिरहेका छन् । उनले भने, ‘५/७ वडामा घरदैलोसहित कोणसभा गरेका छौं । सोमबार मात्रै गीतानगरमा कोणसभा ग¥यौं । नेता–कार्यकर्ताको साथ र सहयोग पाएका छौं । हामी उत्साहित छौं । वडामा हामी कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरूलाई रूखमा भोट मागेका छौं, मेयरमा भुइँकटहरमा भोट हाल्न भनेका छौं ।’ आज चनौलीमा भएको कोणसभामा पनि उल्लेख्य कार्यकर्ताको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>