चितवन विशेष

भरतपुरका व्यवसायीसँग मेयर उम्मेदवार सुवेदीको छलफल

Banner

चितवन, वैशाख २१-

भरतपुर महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरको उम्मेदवार बनेका विजय सुवेदीले आज उद्योगी व्यवसायीसँग छलफल गरेका छन् ।

उद्योग वाणिज्य संघ चितवनको सभाहलमा आयोजित छलफलमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष, पूर्वअध्यक्षहरु र व्यवसायीहरुको सहभागिता रहेको थियो । छलफलमा व्यवसायीले नारायणी किनारको व्यवस्थापनका लागि उद्योग वाणिज्य संघसँग यसअघिका पालिका प्रमुखले चासो नदेखाएको भन्दै नयाँ निर्वाचित हुने प्रमुखले उद्योग वाणिज्य संघसँग सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।

उद्योग वाणिज्य संघसँगको सहकार्यमा मात्र नारायणी किनारको विकास गर्न सकिने भन्दै महानगर एक्लैले यो योजना अगाडि बढाउन नसक्ने उनीहरुले बताएका थिए ।
सो अवसरमा बोल्दै मेयरका उम्मेदवार विजय सुवेदीले आफू व्यवस्थित विकासको पक्षमा रहेको भन्दै त्यसका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने बताए । उनले भने, ‘नारायणी किनारदेखि देवघाटसम्म र गोलालघाटसम्म एकीकृत विकास गरिनुपर्छ । त्यसका लागि व्यवस्थित गुरुयोजना निर्माण गर्नुपर्छ ।’ महानगरले उद्योग वाणिज्य संघसँगको सहकार्यमा मात्रै व्यवस्थित नारायणी नदी किनार निर्माण गर्न सक्ने सुवेदीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>