चितवन विशेष

माडीका राप्रपा अग्रज नेता बिसन बहादुरको अन्त्येष्टि

Banner

चितवन, वैशाख २१-

राप्रपाका अग्रज नेता तथा संस्थापक क्याप्टेन बिसनबहादुर गुरुङको अन्त्येष्टी गरिएको छ ।

माडी नगरपालिका वडा नम्वर २ भैरवपुर निवासी गुरुङको पोखराबाट घर आउने क्रममा मंगलबार निधन भएको हो । राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् । गुरुङको रेवा नदीमा अन्त्येष्टि गरिएको हो ।

राप्रपाका केन्द्रीय उपाध्यक्ष पाण्डेले बिसनबहादुर गुरुङको निधनले माडीले विकासवादी अगुवा गुमाएको बताए । ‘माडीको विकासमा प्रतिबद्ध नेता गुमाउनुपर्दा सार्है दुःखी छु’, उनले भने, ‘माडीको ठूलो पिलर गुमेको अनुभूति गरेको छु ।’

पर्वतको लाङदीमा जन्मिएका बिसनबहादुर २०३२ सालमा माडी भैरवपुर बसाइसरी आएका थिए । भारतीय सेनामा २९ वर्ष काम गरेका उनले माडी क्याम्पस निर्माणका महत्वपूर्ण योगदान गरेका थिए । उनका दुई छोरा, तीन छोरी छन् । उनी साविक गर्दी गाविस वार्ड नम्बर ३ का वडाध्यक्ष थिए । छोरा अर्विन गुरुङ राप्रपाका तर्फबाट माडी २ को वडाध्यक्षको उम्मेदवार हुन् । छोरालाई आशीर्वाद दिन आउने क्रममा बाटोमै बिसनबहादुर गुरुङको निधन भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>