देश/प्रदेश

एमालेबाट लिखु गाउँपालिका अध्यक्ष उम्मेद्वार बनेका विष्टविरुद्ध पक्राउ पुर्जी जारी

Banner

ओखलढुंगा, वैशाख २१–

स्थानीय तहको निर्वाचन नजिकदै छ । यस्तो क्रममा उम्मेद्वार बनेकाहरुको विभिन्न काण्डहरु बाहिरिदै आइरहेका छन् । यस्तोमा ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका मिलन कुमार विष्ट (मनिष) विरुद्ध पक्राउ पुर्जी नै जारी भएको छ ।

स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका विष्टविरुद्ध भक्तपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । भक्तपुर जिल्ला अदालतले बैंकिङ कसुर तथा दोहोरो नागरिकता लिएको कसुरमा खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पक्राउ पुर्जी पठाएको हो ।

लिखु गाउँपालिका–९ (साविकको पोकली गाविस) घर भएका उनीविरुद्ध २०७७ सालमा भक्तपुरमा मुद्दा दर्ता भए पनि फरार रहँदै आएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>