चितवन विशेष

रत्ननगरका कांग्रेस र माओवादी कार्यकर्ता एमाले प्रवेश

Banner

चितवन, वैशाख २०- 

नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेस परित्याग गरी रत्ननगरका ६ जना कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

नेकपा (एमाले) रत्ननगर ११ को घरदैलोका कार्यक्रममा उनीहरु एमाले प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेमा माओवादीबाट चार जना र कांग्रेसबाट दुई जना रहेको एमाले रत्ननगरका निर्वाचन प्रचारप्रसार समितिका सह संयोजक प्रताप डल्लाकोटीले जानकारी दिए । पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेमा माओवादी रत्ननगरका चिरञ्जीवी पोखरेल, मञ्जु अम्गाई, सञ्जु पुडासैनी, रमेश पोखरेल तथा कांग्रेसबाट रेवती थापा सारु मगर र सरिता थापा मगर रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>