चितवन विशेष

भरतपुरको गुञ्जनगरमा एमालेको घरदैलो

Banner

चितवन, वैशाख २०-

स्थानीय निर्वाचनका लागि नेकपा एमालेले भरतपुर महानगरपालिका–१८ गुञ्जनगरमा घरदैलो गरेको छ ।

वडा नम्बर १८ को वडा अध्यक्षमा एमालेका उम्मेदवार बाबुराम रानाको नेतृत्वमा १५० जना नेता तथा कार्यकर्ताको सहभागितामा घरदैलो गरिएको हो ।

वडा नम्बर १८ को गाँजीपुर, भुवन बस्ती क्षेत्रमा गरिएको घर दैलोमा देखिएको जनसहभागिताले आफू निकै उत्साहित भएको वडा अध्यक्षका उम्मेदवार रानाले नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ अघिल्लो स्थानीय निर्वाचनमा पनि म वडा सदस्यमा एमालेको तर्फबाट निर्वाचित भएकोले अहिले पनि वडा अध्यक्षमा जित्छु भन्ने आशा छ । मैले स्थानीय तहमा हुने फजुल खर्च नियन्त्रण गरेर स्वास्थ्य बिमा जस्ता जनसेवाका कार्यक्रममा लगानी गर्ने योजना बनाएको छु ।’ वडा अध्यक्षमा रानासहित सदस्यहरु कृष्णभक्त भट्टराई , बिमल लामा, लक्ष्मी अधिकारी तथा दिलु गजमेर एमालेको तर्फबाट वडामा चुनावी प्रतिस्पर्धामा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>